दफा २८
करार गरी सेवा सञ्चालन गर्न सक्ने
(१) ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुनै सङ्गठित संस्थामार्फत खानेपानी तथा सरसफाइ सेवा सञ्चालन तथा व्यवस्थापन करार गर्दा अनुसूची-७ मा उल्लिखित कार्यसम्पादन सूचकको आधारमा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कुनै खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवाप्रणाली सञ्चालन तथा व्यवस्थापन गर्ने गरी सञ्चालन तथा व्यवस्थापन करार गर्ने सङ्गठित संस्थाले काम शुरु गर्नु अघि ऐन तथा यस नियमावली बमोजिमको अनुमतिपत्र लिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम गरिने सञ्चालन तथा व्यवस्थापन करार सम्झौतामा सम्झौताको अवधि, भुक्तानी विधि, उपभोक्ताको पहुँच सहितको पारदर्शी लेखा प्रणाली, प्रस्तावित सेवाको कार्यसम्पादन मापनका आधार, नियमित मर्मतसम्भार कार्यको व्यवस्थापन, तत्काल मर्मत र पूँजीगत कार्य सम्बन्धी व्यवस्था, कर्मचारीको न्यूनतम योग्यता, नियुक्ति प्रक्रिया तथा कर्मचारी व्यवस्थापन, उपयुक्त क्षतिपूर्ति र जरिबानाको व्यवस्था, नियमित सेवा प्रवाहमा सन्तोषजनक कार्यसम्पादन बापत प्रोत्साहनको व्यवस्था र विवाद समाधानका प्रक्रिया समावेश गरिएको हुनु पर्नेछ।